गौरिगँजमा फोटो सहितको मतदाता नामावली सँकलन शुरू ।
१६ साउन, झापा । गौरीगँज गापामा फोटो सहितको मतदाता नामावली सँकलन कार्य आजदेखि शुरु भएको छ । साउन ३२ गते सम्म चल्ने सो नामावली सँकलन कार्यक्रम सहज र छरितो वनाउन वडाको आधारमा समय विभाजन गरिएको कुरा गापा उपप्रमुख दिपिन्द्र थापाले वताए । जस अनुसार साउन १६ देखि १८ सम्म वडा नँ ३ का जनताले , गाउपालिकामा आएर फोटो खिचाउन सक्ने छन् । तयसै गरि साउन १९ ।देखि २० सम्म वडा नण ४ का जनताले , साउन २१ देखि २२ सम्म वडा नँ ५ ।ले , साउन २३ देखि २५ सम्म वडा नँ ६ ले, साउन २६ देखि २७ सम्म वडा नँ २ ले र साउन २८ देखि ३० सम्म वडा नँ १ ।का जनताले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने छ । त्यसै गरि निर्धारित मितीमा पनि नाम टिपाउन छुटेमा साउन ३१ र ३२ गते जुनै वडाका जनताले पनि गाउपालिका आएर नामावलीमा नाम टिपाउन सक्ने कुरा उपप्रमुख थापाले वताए ।
नामावली सँकलनको आज पहिलो दिन जम्मा ६१ जनाले फोटो सहित नाम दरता गराएका छन् जस मध्ये २७ ।जना पुरुष र ३४ जना महिला रहेको कुरा सँकलन टोलीकि सँयोजक तथा दर्ता कर्मचारी रुपा गौतमले जानकारी दिएकि छन् ।
मतदाता नामावलीमा नाम दर्ता गराउन आउदा नागरिकता को प्रमाण पत्र र गौरीगँज भन्दा वाहिरको ठेगानामा नागरिकता लिएकाहरुले वसाई सराईको प्रमाण पत्र र माईति गाउको ठेगानामा नागरिकता लिएका महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्र इनिवार्य रुपमा लिएर आउनु पर्ने कुरा समेत सँयोजक गौतमले जनाएकी छन् ।



