रतुवा खोलामा रतुवामाई नगरपालिकाको मनोमानी
१५ साउन झापा । गौरीगँज गापाको पश्चिमी सीमामा अवस्थित रतुवा खोलाको चौकिघाटमा रतुवामाई नगरपालिकाले मनोमानी ढँगले ठेक्का पट्टा टेण्डर आव्हीन गरेको छ । रतुवा खोलाको चौकिघाटको मुल वहाव अहिले झापाको क्षेत्रमा छ । नव निर्मित पुलपनि झापाकै क्षेत्रमा वनेको हो । खोलाको मुल वहाव झापाकै क्षेत्रमा रहेका कारण विगतका वर्षहरुमा सो घाटमा नाउ चलाउने र पुल लगाउने ठेक्का जिल्ला विकास समिति झापाले ऩै दिदै आएको छ । ऩया सँरचना मा स्थानिय ठेक्का पट्टाको जिम्मेवारी स्थानिय तहलाई दिईए पछी गत असार ३० गते गौरीगँज गापाले सो घाटमा नाउ चलाउने वा अस्थायी पुल लगाउने ठेक्का खुला वोलपत्र प्रकृया मार्फत स्थानिय दिलिप श्रेष्ठलाई दिई सकेको छ ।
तर सवै नियम ऱ प्रकृया मिचदै रतुवामाई नगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्दै नपर्ने सो घाटमा नाउ चलाउने ठेक्का वोलपत्रको लागि हिजो पुन: टेण्डर आव्हान गरेको छ ।
रतुवामाई नगरपालिकाले गैरकानुनि रुपमा सोहि घाटका लागि पुन: टेण्डर आव्हान गरेपछी ठेकेदार श्रेष्ठका प्रतिनिधि गँगा सिँह गन्गाई न्यायका लागि गौरीगँज गापा धाई रहेका छन्



