मोडेल नुमा राई हट अवतारमा नया गीत सार्बजनिक (भिडियो सहित)
गौरीगन्ज | कुवेतबाट पून मोडेल नुमा राईको अर्को नया गीत "सकिन सकिन तिम्रो मन तोड़न" बोलको गीतको म्युजिक भिडियो नक्कले गाईज बेन्ड यूट्यूब च्यानलबाट सार्बजनिक गरेको छ । मोडेल राईको अन्य गीत भन्दा यस गीतमा उनलाई कुवेतको सामुन्द्रिक किनारमा हट अवतारमा प्रस्तुत भएकी छिन ।
गायक प्रेम स्यङ्तनको आवाज रहेको यस गीतको शब्द/ संगीत पनि गायक स्वयमको छ । यस म्युजिक भिडियोमा मोडेल नुमा राई र इन्द्र मान खड्काको अभिनय रहेको छ भने उक्त म्युजिक भिडियोलाई गायक आफैले निर्देशक गरेका छन् भने छायांकन पनि गायक स्वयमले गरेका छन् । यस गीतलाई सम्पादन विजय थापाले गरेका छन् ।
सायद नेपाली सांगीतिक क्षेत्रमा पहिलो गीत हो यो यति धेरै विधामा एकै जनाले हात हालेको यसलाई हामीले नकार्न सकिन्न ।
भिडियो हेर्नुहोस ।



