कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक (नामावली सहित)
काठमाडौं, साउन १० – कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत जेठ अन्तिम साता लिइएको भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ। इपिएस कोरिया शाखाका अनुसार १२ हजार १ सय ८ जना उत्तीर्ण भएका छन्। गत जेठ २७ र २८ गते भएको परीक्षामा ७५ हजारभन्दा बढीले भाषा परीक्षा दिन फाराम भरेको भए पनि ६८ हजारभन्दा बढी परीक्षामा सहभागी भएका थिए।
यी मध्ये परिक्षामा सम्मिलीत मध्ये १२ हजार १ सय ८ जना जनाले कोरियामा गई काम गर्ने अवसर पाएका छन् । यो वर्ष ७५ हजार ५ सय ८० जनाले भाषा परीक्षाको लागि आवेदन दिएका भएपनि विविध कारणवश ७ हजार परीक्षार्थी अनुस्पस्थित भएका थिए । गत वर्ष जम्मा ३ हजार ४ सय ६४ जना छनोट भएकोमा यस वर्ष कोरियाले कामदार संख्या बढाएर १० हजार २ सय जना लैजान लागेको छ। पास हुने परीक्षार्थीलाई २०१७ को अन्त्यबाट कोरिया लैजाने काम सुरु हुने बताइएको छ।
विगतका वर्षहरूमा भाषा परीक्षा पास भएकाहरूले स्किल टेष्ट दिनु पर्थ्यो। स्किल टेष्टमा ब्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्थ्यो र रोजगारदाताले उक्त भिडियो हेरेर कामदारको छनोट गर्थ्यो। तर यसपाली स्किल टेष्टको नियम हटेको शाखाले जनाएको छ ।
यसरी हेर्नुहोस् नतिजा
आठौं कोरियन भाषा परीक्षाको नतिजा हेर्नको लागि नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार विभाग अन्तरगत ई. पी. एस. कोरिया शाखाको वेब साइट http://www.dofe.gov.np/new/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वेब साइट http://www.mole.gov.np/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको बैदेशिक रोजगार विभागको बेव साइट http://www.dofe.gov.np/new/, अथवा इपिएस कोरियाको वेब साइट https://www.eps.go.kr/ मा हेर्न सक्नुहुनेछ ।
भाषा परीक्षाको नतिजा हेर्नुहोस ।
साभार: रासस



