गौरीगँजमा सवारी ब्यवस्थापन हुने भो
मदन राजवँशी मनप्रीत
१० साउन झापा । गौरीगँज वजारका सडकमा देखिने अव्यवस्थित सवारी पार्किङ अब ब्यवस्थित हुने भएको छ । गौरीगँज गाउपालिका र गौरीगँज ट्राफिक को सक्रियतामा सबारी पार्किङ ब्यवस्थित हुन लागेको हो ।
आज वेलुकि वडा नँ ३ का वडाध्यक्ष मखना महतो , ट्राफिक ईन्चार्ज रोहित थापा र बस तथा यातायात व्यवशायीहरु सहितको अनुगमन टोलीले विभिन्न खाले सबारीको पार्किङ स्थल तोकेका छन् । जस अनुसार गौमावि अगाडीको वस पार्कमा ठुला सार्वजनिक सवारी हरु पार्किङ गर्ने, चेक पुर्व यादव मेडिकल अगाडी निजि तथा साना चार चक्के सबारी पार्किङ र ईलाका प्रसासन देखि दक्षिण तिर सिटी रिक्सा पार्किङ तोकिएको हो ।
अब्यवस्थित पार्किङ्ले बजार क्षेत्र कुरुप देखिएकोले यस्तो कदम चाल्नु परेको कुरा वडा नँ ३ का वडाध्यक्ष मखना महतोले खबर गौरीगँजलाई वताएका छन् ।
ट्राफिक ईन्चार्ज रोहित थापाका अनुसार यस किसिमको व्यवस्थित पार्किङ्ले अन्य सबारी आवागमनमा सहजता आउने र सँभावित दूर्घटना समेत घट्ने लक्ष्य लिईएको छ ।



