शुक्रबार देखि गौरीगँजमा लोडसेडिङ पुरै हट्ने ।

मदन राजवँशी मनप्रीत

१० साउन झापा । विगत केहि दिनदेखि गौरीगँज र आसपासका क्षेत्रका जनताले भोग्दै आएको अघोषित लोडसेडिङ को समस्या शुक्रवार देखि पुरै हट्ने कुरा प्राधिकरणको दमक शाखाले जनाएको छ ।

बुलुचोक स्थित ८ बाई ६ को ट्रान्सफर्मर हटाएर १६`६ एमविएको ट्रान्सफर्मर राखिएपछी सो समस्या हट्ने भएको छ । " दिउसो दिउसो सो ट्रान्सफर्मर हटाएर नया राख्ने काम भई रहेकाले दिन भरी लाईन काट्नु परेको हो" - दमक शाखाका सुपरभाईजर अनुप शर्माले खबर गौरीगँजलाई वताए । उनका अनुसार विहिवार देखि शुक्रवार सम्म ट्रीन्सफर्मर राख्नेकाम भई सक्छ । त्यसपछी सो क्षेत्रमा लोडसेडिङ्को पुरै समस्या हट्ने छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |