गाउपालिकाले थाल्यो बजार सरसफाइ
१० साउन, झापा । गौरीगँज गापाले आजदेखि नियमित बजार सरसफाई अभियान शुरु गरेको छ । प्रत्येक महिना नियमित रुपमा चलाउने भनिएको सो अभियानको आज पहिलो दिन सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पेशाकर्मी, कर्मचारी लगायत स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जनसहभागिता वढाउन गौरीगँज गापाका प्रमुख वाबुराजा श्रेष्ठ, उपप्रमुख दीपिन्द्र थापा ३ नँवरका वडाध्यक्ष मखना महतो ४ नँवरका वडाध्यक्ष कुलप्रसाद गिरी, ईलाका प्रसासन अधिकृत यज्ञ आचार्य, गौरीगँजका कार्यकारी अधिकृत सुरेन्द्र थापामगर ईन्सपेक्टर नारायण गौतम लगायतले हातमा कुचो वोकेर प्रत्यक्ष सहभागिता जनाएका थिए ।
आज अभियानको पहिलो दिन वडा नँ ३ र ६ को बजार क्षेत्र सरसफाई गरिएको छ ।



