छोरो र सम्पती लिएर श्रीमती अर्कैसँग टाप
गोपाल काफ्ले, ८ श्रावन, पथरी । पूर्वमा पुरुष हिंसाका घटनामा वृद्धि भैरहेको घटना दिनहुँ आउदै गर्दा मोरङका पथरीशनिश्चरे –७ का ३२ वर्षीय हरि पौडेल पुरुष हिंसाको सिकार भएका छन् ।
पौडेलकी श्रीमती अन्जना पौडेल (सुस्मा) छोरो र घरको सम्पत्ति लटिपाटी पारेर नजिकैका सुदर्शन दाससँग टाप कसेकी छिन् ।
६ महिना अघि देखि सम्बन्ध बिग्रीए पछि २ महिना अगाडी संकास्पद तस्विरहरु र मोवाईलमा म्यासेज भेटेकाले मिलाउने प्रयास गरेका थिए स्थानीयले । तर श्रीमान श्रीमतीको झगडा मिलाउने स्थानीयको प्रयासको दुई महिना पछि सुस्माले छोरा र सम्पती लिएर छिमेकमा बस्दै आएका पुरुष सुदर्शनसँग हिडेकी हुन ।
गाउँमा श्रीमतीले समाजकै अगाडी “त मेरो श्रीमान हैनस आजदेखि यो मेरो श्रीमान भन्दै” शुदर्शनको हात समातेर हिडेकी थिइन तर केटीकी आमाले “यो के गरेकी” भन्दै छुटाएको छिमेकीहरु बताउँछन ।
यता ईलाका प्रहरी कार्यालयले केटी जबरजस्ती केटालाई धम्क्याई जिम्मा लगाएको हरि पौडेलले बताए ।
गत असार २४ गते घर नजिकैको फर्निचरका कामदार बीरगञ्ज निवासी सुदर्शनसँग ८ वर्षीय छोरो साथैमै लिएर भागेपछि पौडेल यतिबेला विक्षिप्त बनेका छन् ।
स्वास्नीले छोरा लिएर अर्कैसँग गएको चिन्ता त पौडेललाई छ नै ,त्यही माथि गाउँघरका साथी सँग पनि थुप्रै पैसा सापटी लिएर हिडेको थाहा पाएपछि पौडेल विक्षिप्त बनेका हुन ।
इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएपनि प्रहरीले दर्ता नै नगरेको उनले गुनासो गरे । ‘प्रहरीले चासो दिएन ’उनले भने ‘ देखा देखि अर्कासँग भोगेकी श्रीमती भोलि फेरि अंश भरिपाउँ भन्दै महिला अधिकारकर्मी लिएर आउली भन्ने चिन्ता छ’ ।
गाउँमै किराना पसल गरेर बस्दै आएका पौडेलले यस अघि पनि श्रीमतीलाई सुदर्शनसँगै भेटेपछि श्रीमतीले छोडपत्र मागेकी थिइन ।
वीरगञ्जमा श्रीमती र दुई सन्तान रहेका ३० वर्षीय दासकी पत्नी हाल दुई जीउकी रहेको छिमेकी खगेन्द्र सुवेदीले बताए । अन्जनाका पनि दुई छोरा छन् । जेठो १२ वर्षको घर मै छन भने कान्छो साथै लगेकी छिन् । २९ वर्षीय अन्जनाले झण्डै १६ लाख रुपैयाँ रिन लगाई गर गहना समेत साथै लगेको पौडेलको गुनासो छ । - साभार: पुर्वन्चल



