चलचित्र ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक
गौरीगन्ज | काठमाडौंमा एक विशेष समारोहको वीच नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक गरिएको छ । १० वर्ष अगाडि बनेको "ए मेरो हजुर" चलचित्रमा झरना थापा र स्वर्गीय श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका थियो ।
चलचित्र "ए मेरो हजुर २" मा भने साम्राज्ञीराज्य लक्ष्मी शाह, सलोन बस्नेत र नव-नायक सलिनमान बनियाँको मुख्य भूमिका छ ।
चलचित्रका स्क्रिप्ट राइटर सामिप्यराज तिमिल्सिना रहेका छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापाको निर्माणमा तयार भएको चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् ।
यस चलचित्रमा सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, सुमन पौडेल, अनुभव रेग्मी, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको अभिनय पनि फिल्ममा देख्न सकिन्छ । चलचित्रले भदौं १६ गते प्रर्दशनको तयारी गरेको छ ।
भिडियो हेर्नुहोस ।



