सनी लियोनी छोरीकी आमा बनिन

बलिउड अभिनेत्री सनी लियोनी छोरीको आमा बनेकी छन् । यही हप्ता सनीले आमा बन्ने इच्छा प्रकट गरेकी थिईन । उनले आफैले बच्चा जन्माउन अहिले समय उपयुक्त नभएको र निकै व्यस्त भएकाले कानुनी रुपमा बच्चा लिनुपरेको बताएकी छन । सनी र उनका श्रीमान डेनियाल वेवरले महाराष्ट्रको लतुरकी २१ महिने शिशुलाई कानुनी प्रक्रिया पुर्याई आफ्नो छोरी बनाएका हुन् । उनीहरुले उक्त शिशुको नाम निशा कौर वेवर राखेका छन् ।

सनीका श्रीमानले छोरी निशाले आफुहरुको जीवनमा खुशी ल्याएको बताउँदै खुशी व्यक्त गरेका छन् । सनीले बच्चाकोलागि सरोगेसी प्रक्रियामा जाने सोच गरेको भएपनि कानुनी प्रक्रियाबाट नै छोरी पाउन राम्रो लागेको बताईन । सनीले आफ्नो परिवार अगाडी बढाउने इच्छा पुरा भएको र छोरी निशाको स्याहार सुसारमा आफुहरु शारीरिक, मानसिक र आर्थिक रुपमा तयार भएको बताईन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |