काङ्ग्रेस बि पि र ३५ औ स्मृती दिवस

युवराज रेग्मी, गौरादह | नेपाली काङ्ग्रेस छेत्रीय समिती छेत्र न ६ को आयोजनामा आज बाणिज्य संघ गौरादहको सभा हलमा नेपालि काङ्रेसले ३५ औ स्मृति दिवस भब्यताका साथ मनाएको छ ।

प्रमुख अतिथी नेपाली काङ्रेसका पुर्ब महामन्त्री श्री कृश्न प्रसाद सिटौला एबम विशेष अतिथी जिल्ला सभापति श्री उद्दब थापा एबम अन्य थुप्रै अतिथीहरु ,नगर छेत्रका सम्पुर्ण जिम्मेवार सदस्य , नेपाल महिला संघ , नेपाल शिक्षक संघ ,नेपाल बिध्यार्थी संघ लगायत सम्पुर्ण नेपाली काङ्रेसमा आबद्ध ब्यक्तित्व हरुको अधिकाम्स उपस्थिति रहेको कार्यक्रमको स्वागत मन्तब्यमा नगरसभापती श्री यादब राज सेडाइले बोल्दैगर्दा अब गौरादह न पा र गौरिगन्ज गा पा मा भ्रस्टाचारमुक्त , पारदर्शी र उदाहरणिय बिकास निर्माणमा लाग्ने कुराको प्रतिज्ञा र बिस्वास दिलाउदै बि पि को तस्बिर अघिरहेर हामी गर्नेछौ भन्ने अभिब्यक्त गर्दैगर्दा जिम्मेवारबोधले सम्पुर्ण सभानै भावुक बनेको थियो । बर्सौ देखिको बिकासनिर्माणको सपना अब पूराहुने कुरा स्पस्टपार्दै कार्यक्रममा दृस्टीबिहिनलाई जग्गा आबास र निर्माण कार्यमा सहजीकरण गर्ने दाता तथा सेवक श्री पुन्य सिग्देल , श्री भुपाल कटवाल र श्री हेमन्त कार्की लाई सम्मानित गरिएको थियो ।

स्मृती दिवसको अबसरमा सभाहल परिसरमा बृछ्यारोपण गरिनुका साथै गौरादह न पा र गौरिगन्ज गा पा का निर्बाचित काङ्ग्रेसका सम्पुर्ण सदस्यलाइ बधाइ तथा सुभकामना सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै अधिकाम्स अतिथी बक्ताले बि पि को बिचार बिश्वस्तरमानै उत्कृष्ट रहेको र यश बिचारको पछिलाग्नेको कहिलेइपनि दिर्घकालिन रुपमा हारनहुने तथ्यहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा बोल्दै प्रमुख अतिथी श्री कृष्ण प्रसाद सिटौलाले हालै सम्पन्न स्थानिय निर्बाचनमा गौरादह र गौरिगन्जमा नेपाली काङ्रेसलाइ बिजय गराउने सम्पुर्ण कार्यकर्ता र मतदातालाई धन्द्यबाद दिदै जित र हार लाइ प्रमुखतामा नराखी जनताको सेवा र बिकास निर्माणमा आफू लागीरहने र कार्यकर्तालाइ पनि सोही बाटो अबलम्बन गर्न अनुरोध गर्नुभएको थियो । चुनाबमा हार हुनु राजनितीमा हार हैन , ब्यक्ती भन्दा ब्यक्तित्व महान हो भन्ने अभिव्यक्ति दिदै बि पि स्मृती दिवसको अबसर लाई महत्त्वपूर्ण समय ठान्दै नेपाली काङ्ग्रेस पार्टीलाइ आउदा दिनमा ससक्त बनाउन जिम्मेवारी साथ लाग्न नगरबासी र गाउँ बासीलाइ निर्देसन दिनु भएको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |