नेपाल आइडलबाट बाहरिएकी विद्याले प्रियंकालाई नचाइन

गौरीगन्ज | नेपाल आइडलको टप-१८ बाट बाहरिएकी विद्या तिवारीले आफ्नो पहिलो ‘हेल्लो हाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । गीतमा नायिका प्रियंका कार्कीलाई प्रस्तुत गरिएको छ ।

यस गीतमा विद्यालाई र्‍यापर गिरिस खतिवडाले साथ दिएका छन् । सहदेव ढुंगानाले लेखेको गीतमा शिखर सन्तोषले संगीत भरेका हुन् भने नायिका गीतमा प्रियंका कार्कीले अभिनय गरेकी छिन् ।

उक्त म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी दिपेन्द्रसिंह ठकुरीले गरेका छन् । छायांकन देव राज गुरुङले गरेका छन् भने सम्पादन प्रकाश तुलाधरले गरेका छन् ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |