प्रेम गर्रेको आरोपमा छोरी कुट्ने वावु लाई सार्वजनिक मुद्दा । मुख्य योजनाकारले पाए उन्मुक्ती ।
मदन राजवँशी मनप्रीत, साउन ५ गौरीगँज । रुपन्देहिको मर्चवारी गाउपालिका को डिहुलीमा दलित युवासँग प्रेम गरेको निहुमा २१ वर्षिया मीना यादवलाई परिवार र छिमेकीले सार्वजनिक सडकमा सामुहिक चरम यातना दिएको भिडियो सार्वजनिक भएपछी ईलाका प्रहरी कार्यालय मर्चवारी चौतर्फी दवावमा परेका छन् । महिला हिन्साको यस्तो डरलाग्दो घटनालाई लुकाउदै यस अघि प्रहरीले आर्थिक प्रलोभनमा परी घटनालाई मिलापत्रमा टुँग्याएका थिए ।
मोवाईलवाट खिचिएको भिडियो सामाजिक सँजालहरुमा सार्वजनिक भएपछी सो घटना र स्थानीय प्रहरीको चौतर्फी आलोचना भईरहेको छ । आलोचना र दवाव थेग्न नसकेपछी ईलाका प्रहरी कार्यालय मर्चवारीले युवतीका वुवा ईन्नर यादवलाई हिजो पुन: पक्राउ गरेका छन् । पक्राउ पछी खबर गौरीगँज सँग फोनमा वोल्दै ईप्रका मर्चवारीका सहायक निरिक्षक नरेश्वर अर्यालले वुवा ईन्नर यादवलाई सार्वजनिक मुद्दा चलाउने जानकारी दिए ।
स्थानीय २१ वर्षिया मीना यादवको सम्मरीमाई गापा वडा नँ ६ का एक यादव थर कै व्यक्ती सँग वाल विवाह भएको थियो तर गौना नभएका कारण उनि लामो समय विति सक्दापनि दुलहिका रुपमा भित्रिएकि थिईनन् । पछि उनको गाउकै दिनेश लोथ सँग प्रेम वस्न पुग्यो । यो कुरा थाहा पाएपछी परिवार छिमेकी र नव निर्वाचित जनप्रतिनिधिहरु मिलेर मीना यादवलाई असार १९ गते सामुहिक यातना दिएका थिए । यातना पछी नव निर्वाचित जनप्रतिनिधि को दवाव र आर्थिक चलखेलका कारण प्रहरीले घटनालाई मिलापत्रमा रफादफा गरेको थियो ।
अहिले चौतर्फी दवाव परेपछी प्रहरीले वुवा ईन्नर यादवलाई पक्राउ गरेपनि घटनाका मुख्य योजनाकार सम्मरीमाई गापा वडा नँ ६ का वडाध्यक्ष सत्यनारायण केवट , मर्चावारी गापाका प्रमुख केशव नन्द वानिया र छिमेकी जनार्दन यादवलाई अझै पक्राउ गरिएको छैन ।



