गौरीगँज गापामा काँग्रेसले खोल्यो खाता

मदन राजवँशी मनप्रीत / निरज अग्रवाल, १८ असार झापा । गौरीगँजको वडा नँ २ एक खुला सदस्य वाहेक नेपाली काँग्रेस को पुरै प्यानल विजयी भएकी छन् । वडाध्यक्षमा नेका का अघनु राजवँशीले ८८९ मत ल्याएर गौरीगँज गापामा जीतको खाता खोलिदिएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका किना राजवँशीले ६६६ मत प्राप्त गरेका छन् । त्यसै गरी महिला सदस्यमा नेका कि रिता तामाँगले ८०२ मत ल्याएर विजयी घोषित भएभने उनलाई माके कि भगवती मरऩ्डी ले ६१४ भोट पाएर पछ्याई रहे ।

दलित महिला सदस्यमा नेका कै रिँकु देवी रामले ७१३ मत पाएर जिते भने उनका निकटतम प्रतिद्वन्द्वी माके कि चन्द्रकला रामले ६५५ मत ल्याएका थिए ।खुला सदस्य तर्फ नेका का नेत्र राजवँशीले ८४५ र माके का अरुण राजवँशीले ६३१ मत ल्याएर जित हात पारे । गौरीगँज वडा नँ २ साविकको पुरै कोरोवारी गाविस हो । वडा नँ २ को पुरै विजयी टिमलाई खवर गौरीगँज परिवार वधाई र शुभकामना व्यक्त गर्दछ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |