बर्षाले सबै भन्दा वढि क्षति महाभारामा (फोटो सहित)

मदन राजवँशी मनप्रीत

३०, साउन झापा । शुक्रबार देखि अबिरल परेको झरीका कारण गौरीगँज गापाको वडा नँ १ महाभाराको पुरै क्षेत्रमा सबैभन्दा बढि क्षति भएको छ । कमल, कन्काई र वनियानी गरि तिनवटा नदिको वीच चपेटामा परेको सो क्षेत्रमा मानविय क्षति नभएपनि करोडौको धनमालको क्षति भएको छ । महाभाराको बिर्खे वस्तीमा १६ परिवार, बालुवाडीमा २२ परिवार, विश्वाडोभामा ६ परिवार स्यालडागीमा ११ परिवार सुकुम्वासी टोलमा ४ परिवार, वाँगेहाटमा ९ परिवार प्रणामी टोलमा २, ढेवु वस्तीमा १८, हुकुलवाडीमा ४०, सिटौला बस्तीमा १० र अधिकारी टोलमा ६ परिवार पुर्ण रुपमा विस्थापित भएको छ ।

अधिकारी टोलमा मँजु कटुवालको भान्साभत्केर सबै सामान बगेको र सिटौला वस्तीमा मोहन मैनाली, पुष्प मैनाली, पदम ओली, डिल्ली विक, रत्न विक, कमला ओली, निर्मला ओली, नरेन्द्र भटराई, किस्न वास्की, सुमाई सतार र छवि सिटौला वाँगेहाटका वुद्धीकर्ण राई, लगायतका को घर पुर्ण रुपमा क्षति भएको छ ।

बनायानीको बगरमा अवस्थित वालुवाडी गाउका २२ वटै परिवारको घर भित्र बास बस्न सकिने अबस्था नभएपछी २२बटै परिवार खोलाको डिलमा पाल टाँगेर बस्न बाध्य भएका छन् , बालुवाडीका वुधारु कोच भन्छन् - हामी ठुलाहरु त जसोतसो दिन कटाउछौ तर साना केटाकेटीको विजोक भयो । के खुवाउनु ? कता सुताउनु ?

गौरीगँज गापाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापा तथा वडाध्यक्ष कार्तिकलाल राजवँशी लगायतको टोलीले आज प्रभावित क्षेत्रको स्थल गत अबलोकन गरि क्षतिको जानकारी लिएको छ । "पिडितलाई हामी तत्कालै राहत दिलाउछौ" - अबलोकन पछी अध्यक्ष श्रेष्ठले भने "यो विपदको घडिमा सवैले आआफ्नो ठाउवाट सहयोग गरे पिडितलाई चाडै व्यवस्थापन गर्न सकिन्छ" पिडित ररिवारलाई अहिले स्थानिय विद्यालयहरुमा ऱाखि वडा कार्यालयले खाने व्यवस्था गरेको छ भने रेडक्रस सोसाईटीको पाचगाछी शाखाले १९० थान त्रीपाल र ८०थान कम्वल लगायतका सामग्री वितरणका लागि तयारी अबस्थामा राखेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |