गौरीगँजको आकाश उघ्रियो : जनजीवन सामान्य तिर फर्कदै

मदन राजवँशी मनप्रीत

२९ साउन झापा । आज दिउसो १ बजेदेखि पानी रोकिएपछी गौरीगँज र आसपासको जनजीवन सामान्य तिर फर्कन थालेको छ ।

गेउरिया लेरा किस्नी रामचन्द्रे लगायतका खोलामा पानीको सतह र बहाव घटेको छ । हिजो र आज उद्दार गरि राखिएका वडा नँ ३ र ६ का करिव ५० परिवारलाई चामल चिउरा दाल र तेल लगायतको राहत सामग्री वाडिएको छ भने उता वडा नँ ४ मा टेटना वस्ती वाईसी टोल, फकिडिप, सतार वस्ती भवानीपुर र कदमगाछीका डुवान प्रभावित लगभग १०० परिवारलाई राष्टिय प्रावी कदमगाछीमा उद्दार गरि चामल दाल चिउरा लगायतका सामग्री वाडिएको कुरा वडा नँ ४ का वडाध्यक्ष कुलप्रसाद गिरीले वताए ।

उता वडा नँ २ कोरोवारीका बाढी प्रभावित १४० परिवारलाई विभिन्न विद्यालयहरुमा ऱाखि खाने बस्ने प्रवन्ध गरिएको कुरा ईप्रका गौरीगँजका ईन्सपेक्टर नारायण गौतमले जानकारी दिएका छन् । वडा नँ १ महाभाराको साविकको ५ नँ हुकुलवारी टोल मा कन्काई नदिले कटान गर्न थाले पछी नेपाल आर्मीका २५ जनाको रेस्क्यु टोली त्यहा खटाईएको जानकारी ईलाका प्रहरी कार्यालय झिलझिले ले दिएको दिएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |