बर्षाका कारण गौरीगँजका विभिन्न वडा र टोलहरु सम्पर्क विहिन ।
मदन राजवँशी मनप्रीत ।
२९ साउन झापा । लगातारको अविरल बर्षाका कारण विभिन्न खोलाको बाढी तथा सडकहरु भत्किदा गौरीगँज गाउपालिका तथा आसपासका विभिन्न टोल तथा वाड हरु सँपर्क विहिन बनेका छन् । बर्षात कै कारण केहिदिन यता विद्युत अवरुद्ध हुदा मानिसहरुका मोवाईल फोन समेत स्विच अफ भएपछी सँचार सँपर्कमा समेत थप सँकट देखिएको छ । किस्नी खोला र कमल खोलामा बाढी पसेपछी गौरीगँज वडा नँ २ को कोरोवारी पुरै सँपर्क विहिन भएको छ भने वडा नँ १ महाभारा को पनि केन्द्रसँग सँपर्क टुटेको छ । वडा नँ ३ स्थित लेरा खोलाका कारण तल्लो तेलकानी र वेलडागी गाउपनि सँपर्क विहिन वनेका छन् भने राम चन्द्रे खोलाका कारण गौरीगँज वडा नँ ५ का हरिरा, श्यामटोली, वालुगाउ र गौरादहको दामुना वजारसँग गौरीगँजको सम्पर्क टुटेको छ । गौरीगँज गापामा वग्ने जम्मा नौ वटा खोला मध्ये गेउरिया खोलामा मात्र पुल छ अन्य कुनै खोलामा भरपर्दो पुल छैन ।
बिद्युत अबरोधका कारण यि क्षेत्रहरुका जनता तथा अगुवाहरुका मोवाईल समेत स्विचअफ हुदा त्यस क्षेत्रको वारेमा वुझ्न र उद्दार कार्यमा खटिन समेत कठिन देखिएको छ ।
ईलाका प्रहरी कार्यालय गौरीगँजका ईन्सपेक्टर नारायण गौतमका अनुसार कोरोवारी अन्तर्गतका पिण्डालघुटु, हेम्नाडागी विरपुर बाँसचौरी, भाकुरमारी लगायतका उच्च जोखिमका १४० परिवारलाई सुरक्षित साथ स्थानिय विद्यालयहरुमा सारिएको छ भने पश्चिम तिर रतुवा आसपासका परिवारहरुलाई समेत सुरक्षित स्थानमा सारिएको छ ।
गौरीगँज क्याम्पस देखि उत्त तिरको टापुबाट हिजो वेलुकि सशस्त्रको पौडी टोलिले अत्यन्तै जोखिम मोलेर पोखरेल परिवारका तिन बालबालिका उद्दार गरेको कुरा ईन्सपेक्टर गौतमले बताए । ति बालबालिका र पोखरेल परिवारलाई अहिले आफन्तको जिम्मा लगाईएको कुरा स्थानिय युवा डम्वर वस्नेतले जानकारी दिएका छन् ।
उता महाभाराको रँगियाथान उच्च जोखिममा रहेको र कँकाईले कटान तिव्र पारेको खबर आईरहेको छ । ताजा जानकारीका लागि वडाध्यक्ष कार्तिकलाल राजवँशीसँग विद्युत अबरोधका कारण मोवाईल सँपर्क हुन सकिरहेको छैन ।
कदमगाछी नयाहाट देखि पश्चिम को फुभस्साको पुल समेत बग्न लागेको खबर आएको छ ।



