अबिरल बर्षाका कारण गौरीगँजको बजार क्षेत्र नै डुवानमा
मदन राजवँशी मनप्रीत
२८ साउन झापा । हिजो रातीदेखि परिरहेको अविरल मुसलधारे बर्षाका कारण गौरीगँजको अधिकाँश बजार क्षेत्र डुवानमा परेको छ । पुरानो हुलाक देखि गाउपालिका जाने बाटो पुरै डुवेको छ भने सो बाटोको दाया वाया मेरमान भण्डारी रेखा राजवँशी, हेमा आचार्य, सोभिनाथ राजवँशी, विर वहादुर राजवँशी बुध सिँह ताजपुरिया लगायत काो घर डुवानमा परेको छ । उता खजुरगाछीको नया अस्पताल जाने बाटोमा सुन्दर शिवा, गँगा सुन्दास, प्रविन वराईली, मँगल मुसहर , श्याम घिमिरे, गजेन्द्र रेग्मी, फडिन्द्र सिलवाल, कविराज पराजुली लगायत २० भन्दा बढि ररिवारको घरमा गेउरिया खोलाको बाढीका कारण डुवानमा परेको छ भने गँगा सुन्दासको भान्सा पुरै भत्किएर ढलेको छ । सो क्षेत्रमा सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली उद्दारमा खटिएको छ ।
नया अस्पताल देखि उत्तर टिनटोलीया गाउका दुई घरलाई गेउरिया खोलाले वगाएपछी सशस्त्र र जनपथ प्रहरीको टोलीले पुरै टोललाई सुरक्षित साथ नया अस्पतालमा सारेको छ ।
गौरीगँजको बुधवारे हटिया टोलमा पनि गेउरियाकै पानि पस्दा दर्शन महतो बासु मुखिया कोकरा मिया, नारायण महतो रामदेव मान्जी लगायत लगभग २० परिवार विस्थापित भएका छन् ।
हुकागाछी चोक देखि पुर्व जाने बाटो को वाईसी टोलमा लेहेरा खोला पस्दा लगभग १ दर्जन परिवार विस्थापित भएका छन् भने नहर भत्किदा क्याम्पस जाने सडक र आसपासका राम कुमार शर्मा लगायतका घर डुवानमा परेको छ । विस्थापित र डुवानमा परेकाहरुका परिवारले सुरक्षित ठाउ नपाउदा भात पकाएरपनि खान नसक्ने अबस्थामा छन् । अहिले सम्म कुनैपनि जन निर्वाचित प्रतिनिधिहरुले उद्दार त के आफुहरुलाई हेर्न सम्मपनि न आएको गुनासो पिडित हरुको छ ।
वुधवारे हटिया टोलमा क्षति अवलोकनका लागि हिडेकि वडा नँ ३ कि वडासदस्य हेमा आचार्यले वडाध्यक्षलाई सँपर्क गरि विस्थापित परिवारलाई तत्कालै सुरक्षित स्थानमा लगि राहतको व्यवस्था गर्ने बताएकि छन् ।
ईलाका प्रहरी कार्यालय गौरीगँजका ईन्सपेक्टर नारायण गौतमले पनि आफुहरु अहिले मानविय र आर्थिक क्षति नहोस भन्ने कुरामा सचेत रहेको र ठाउ ठाउमा उद्दार टोली खटाएर आफु स्वयम् पनि वारम्वार घटना स्थलमा पुगेर खबर लिई रहेको जनाएका छन्



