नेपाल आइडलबाट बाहिरीनु अघि प्रमिलाले दिइन उत्कृष्ट प्रस्तुती

गौरीगन्ज | गायन प्रतियोगीताको सबैभन्दा ठूलो रियालिटी शो ‘नेपाल आइडल’ बाट शुक्रबार भएको अन्तिम ७ प्रतियोगीबीचको प्रतिस्पर्धाबाट कम भोट पाएको आधारमा प्रमिला राई बाहिरिएकी छन ।

शुक्रबार प्रसारण भएको कार्यक्रममा प्रमिलासँगै सुजता पाण्डे र प्रताप दास बटम थ्रीमा परेकी थिइन् भने उनीहरु मध्ये बालाजु, काठमाडौं २२ वर्षीय प्रमिला राई दर्शकको सबैभन्दा कम भोट पाएको आधारमा बाहिरिएकी हुन् । सबिन राई, अभया सुब्बा र एड्रियन प्रधानको स्वर मन पराउने प्रमिला राईले नेपाल आइडलका लागि राजधानीबाट अडिसन दिएकी हुन् । पप रक गीत गाउन रुचाउने उनी अंग्रेजी गीतकी सोखिन हुन् ।

आजको प्रतियोगिताबाट प्रताप र सुजातासँगै बुद्ध लामा, सागर आले, सुरज थापा र निशान भट्टराई शीर्ष ६ मा पुगेका छन् । यस प्रतियोगीताको निर्णयकहरुमा संगीतकार न्ह्रयू बज्रचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । कार्यक्रम प्रस्तोतामा रिमा विश्वकर्मा र शुशिल नेपाल छन भने यस कार्यक्रमलाई नेपाल आइडल एपी वान टेलिभिजनबाट प्रशारण हुने गर्दछ ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |