अविरल वर्षाले नेपालको तराई भू-भाग जलमग्न
गौरीगन्ज |शुक्रबार राती देखि आएको अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरी आतंक मच्चाएको छ । अहिले सम्मको प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा गरी २३ जनाको मृत्यु भएको छ । अधिराज्यभरीका अधिकांश तराई क्षेत्र डुबानमा पर्नुको साथै दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ ।
बाढीका कारण मानवीय क्षती के कती भयाे त्यस्काे यकिन बिवरण कुनै निकाय संग नरहेपनि आजबाट नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरूउद्धारका लागि डुबान क्षेत्रमा तैनाथ गरीएको छ ।
झापाको गौरीगञ्ज गाउँपालिका अन्तर्गत पर्ने महारभारा, कोरोबारी लागायतका क्षेत्रहरु डुबानमा परेका छन् । बर्षासंगै अाएकाे बाढीबाट घरबार बिहीन बनिन पुगेका बाढी पिडितहरू यतिबेला स्थानीयकाे सरणमा रहेका छन ।
शनिबार बिहानसम्म प्राप्त विवरण अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकामा मध्यरातमा अाएकाे बाढीले बगाउँदा वालवालिका र वृद्धसहित ६ जनाको शव फेला परेको छ ।
फोटो - सचु वाग्ले



