बाढीका कारण कोरोबारीमा ६ परिवार विस्थापित
कोरोवारी सँवाददाता २७ साउन झापा । अविरल बर्षाका कारण कन्काई र कमल नदिमा बाढी आएपछी कोरोवारीमा ६ परिवार बिस्थापित भएका छन् ।
कोरोवारी को पिण्डाल घूटूमा कमल र कन्काई नदिको बाढीका कारण ४ परिवार विस्थापित भएका छन् भने अन्य १७ परिवार जोखिममा परेका छन् । विस्थापित हुनेमा स्थानिय छमी हास्दा, सम मर्डी, मँगल मुर्मु र मुन्सी मुर्मु को परिवार रहेको कुरा वडाध्यक्ष अघनु राजवँशीले जानकारी दिएका छन् । त्यसै गरि कोरोवारी कै दास चौरीमा कमल खोलाका कारण २ परिवार विस्थापित भएका छन् भने अन्य ९ परिवार जोखिममा परेका छन् ।
उता गौरीगँज १ महाभारामा कन्काई नदिको बाढीका कारण रँगियाथान गाउ पुरै जोखिममा परेको कुरा वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीले जनाएका छन् ।



