कुञ्जीवारीमा खस्यो हाईटेन्सन बिजुलीको तार : तिन जनाको अबस्था चिन्ता जनक
मदन राजवणशी मनप्रीत
६ भदौ झापा । महाभाराको कुञ्जीवारी बजारमा हाईटेन्सन बिजुलीको तार खसी तिन जना गम्भिर घाईते भएको खबर छ । अघि बिहान ६ बजे पोल माथिको तार स्थानिय चन्द्र काफ्लेको घरमा खस्दा घर भरी करेन्ट फैलिएर चन्द्र काफ्ले उनकि श्रीमती र छोरी दमन्ता काफ्ले गम्भिर घाईते भएका हुन । तिनै जनाको अबस्था चिन्ता जनक भएको र उपचारका लागि बाहिर लगिएको कुरा स्थानिय नगेन्द्र कुँवरले वताए ।
छोरी दमन्ताको छ महिना अघि विवाह भएको र उनि तिजको दर खान माईती आएको कुरा बुझिएको छ । करेन्ट लागेर २ वटा चौपाया समेत मरेका छन् ।



