गौरीगँजमा १८ सय ४१ मतदाता थपिए ।

३ भदौ झापा । गत साउन १७ गते देखि गाउमै फोटो सहितको मतदाता नामावली दर्ता टोली आएपछी गौरीगँजमा १ हजार ८ ।सय एकचालिस जना नया मतदाता थपिएका छन् । गाउ गाउमा खटिएको मतदाता नामावली सँकलन टोली शुरुमा साउन मसान्त सम्म मात्र बस्ने भनिएपनि छुटमा परेर फोटो खिचाउने हरुको चाप अत्याधिक देखिएपछी निर्वाचन आयोगले ३ दिनको समय थप गरि टोलीहरुलाई भदौ ३ गते सम्म बस्ने निर्देशन दिएको थियो ।

साउन १७ ।देखि गौरीगँज गाउपालिकामा रुपा गौतमको नेतृत्वमा फोटो सहितको मतदाता नामावली सँकलन टोली खटिएको थियो । गौरीगँज को वडा नँ ३, ४, ५ र ६ का छुट मतदाताहरुको चाप अत्याधिक भएपछी र किस्नी खोलामा बाढी आएर वडा नँ १ र २ का छुट मतदाताहरु गौरीगँज गापाको कार्यालय आउने सँभव नभएपछी साउन २६ गतेदेखि अम्जद दँगालको नेतृत्वमा वडा नँ १ ।र २ मा नामावली सँकलनको छुट्टै टोली खटाईएको थियो । वडा नँ १ र २ मा दँगाल नेतृत्वको टोलीले ४ सय ६१ जनाको र वडा नँ ३, ४, ५ र ६ बाट गौतम नेतृत्वको टोलीले १हजार ३ सय ८० जना मतदाताको नामावली सँकलन गरेका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |