सहारा नेपाल द्वारा गौरीगँजका बाढी पिडितलाई राहत

३ ।भदौ झापा । गौरीगँज गापाका वाढी पिडितहरुका लागि राहत सामग्री बितरण गर्ने सँघ सँस्थाहरु न्युन भएको गुनासो आई रहेको बेला सहारानेपाल बहुउद्देश्यीय सहकारी सँस्थाको गौरीगँज सेवा केन्द्रले गौरीगँजका बाढी पिडीतहरुलाई खाद्यान्न सहितको राहत सामग्री वितरण गरेको छ ।

गौरीगँज गापाको वडा नँ ३, ४ र ६ का पिडितहरुलाई लक्षित गरि सहारा नेपालले राहत वितरण गरेको हो । गौरीगँज सेवा केन्द्रका ईन्चार्ज उमेश भारतीको नेतृ्वको टोलीले गापा प्रमुख , उप प्रमुख वडाध्यक्ष र सुरक्षा निकाय प्रमुखहरुको उपस्थितीमा खजुरगाछी को नया अस्पताल पुगि ३४ परिवार लाई र गाउपालिका कार्यालयको प्राङ्गन्मा ५५ परिवार लाई राहत सामग्री वाडेको हो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |