सबैलाई रुवादै, अस्ताए सुरज थापा नेपाल आइडल मन्चबाट

गौरीगन्ज | गायन प्रतियोगीताको सबैभन्दा ठूलो रियालिटी शो ‘नेपाल आइडल’ बाट शुक्रबार भएको अन्तिम ६ प्रतियोगीबीचको प्रतिस्पर्धाबाट कम भोट पाएको आधारमा सुरज थापा बाहिरिएका छन ।

शुक्रबार प्रसारण भएको कार्यक्रममा सुरजसँगै सुजता पाण्डे र निशान भट्टराई बटम थ्रीमा परेका थिए भने उनीहरु मध्ये नेपाली संगीत आकाशमा चम्कने उदेश्यका साथ नेपाली सुगम संगीतको क्षेत्रमा होमिएका गायक सुरज थापा दर्शकको सबैभन्दा कम भोट पाएको आधारमा बाहिरिएका छन ।

आजको प्रतियोगिताबाट सुजता पाण्डे र निशान भट्टराईसँगै बुद्ध लामा, सागर आले र प्रताप दास शीर्ष ५ मा पुगेका छन् । यस प्रतियोगीताको निर्णयकहरुमा संगीतकार न्ह्रयू बज्रचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । कार्यक्रम प्रस्तोतामा रिमा विश्वकर्मा र शुशिल नेपाल छन भने यस कार्यक्रमलाई नेपाल आइडल एपी वान टेलिभिजनबाट प्रशारण हुने गर्दछ ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |