गौरीगँजमा पुगेन राहत बाड्ने सँस्था

मदन राजवँशी मनप्रीत

२ भदौ झापा । अबिरल बर्षाका काऱण गौरीगँज गाउपालिकाका विभिन्न वडा र टोलहरुमा बाढी पसी छ सय भन्दा बढी परिवार बिस्थापित र प्रभावित भएपनि यस क्षेत्रमा पर्याप्त राहत आउन सकेको छैन । अविरल बर्षाका कारण वडा नँ १ महाभारामा २५० भन्दा बढि परिवार , वडा नँ २ कोरोवारीमा लगभग १६० परिवार वडा नँ ३ गौरीगँज वजारमा लगभग ५० परिवार वडा नँ ४ मा १२० परिवार , वडा नँ ५ मा करिव ५० परिवार र वडा नँ ६ मा ६८ परिवार प्रभावित भएको कुरा विभिन्न वडाका वडाध्यक्षहरुले जानकारी दिएका छन् ।

सबैभन्दा बढि क्षति बेहोरेको वडा नँ १ महाभारामा रेडक्रस, रोयटर्स क्लब , रोटरी क्लव र जेसीआई काठमाण्डौ ले त्रिपाल, खाध्यान्न र वन्दोवस्ती का सरसामानहरु बाडेका छन् भने वि एण्ड सि अस्पताल विर्तामोडले १५० जना पिडितका लागि निशुल्क स्वास्थ्य शिविर सँचालन गरेको कुरा वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीले जानकारी दिएका छन् ।

त्यसै गरि वडा नँ २ कोरोवारीमा पनि रेडक्रस, रोयटर्स क्लव रोटरी क्लब अफ बिर्तामोड र जेसिआई काठमाण्डौले नै त्रिपाल खाध्यान्न र बन्दोबस्तीका सामान बितरण गरेका छन् भने अन्तराष्ट्रिय झापाली सँपर्क मँच पनि विभिन्न बन्दोवस्तीका सामान वोकेर कोरोवारी पुगेको कुरा त्यहाका वडाध्यक्ष अघनु राजवँशीले जानकारी दिएका छन् । वडा नँ ३ र ५ का लगभग १ सय प्रभावित परिवारका लागि कुनै पनि सँस्था शुक्रवार विहान सम्म राहत बाड्न नपुगेको गुनासो वडा नँ ३ का वडाध्यक्ष मखना महतो र वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाई को छ । वडा नँ ४ मा नेपाल आर्मी , सशस्त्र प्रहरी, एलडव्लुएफ नेपाल, एसएनजेडि झापा, र युएचसिएचआर को सँयुक्त टोलीले खाद्यान्न, त्रिपाल र बन्दोबस्तीका सामानहरु शुक्रवार बाडेको कुरा वडाध्यक्ष कुलप्रसाद गिरीले वताए । उता वडा नँ ६ मा जीवन विकास समाजले वडा कार्यालय सँग समन्वय नै नगरि मनोमानी ढँगवाट राहत वितरण गरेको कुरा वडा नँ ६ का वडाध्यक्ष बद्रीनारायण यादवले वताएका छन् । जुरोपानी युवा समुहले समग्र गौरीगँजका पिडित परिवारहरुको पुनर्स्थापना का लागि ऩगद रु १२ हजार २ सय पाच रुपैया गाउपालिका प्रमुख बाबुराजा श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।

" राहत त आईरहेको छ तर त्यो पर्याप्त छैन " - गापा प्रमुख बाबुराजा श्रेष्ठले भने - हामी पिडित र प्रभावित परिवारलाई सके जति राहत दिई रहेका छौ र यस बिपदको घडिमा सबै राष्ट्रिय र अन्तराष्ट्रिय सँघ सँस्थाहरुलाई सहयोगका लागि आव्हान गर्दछौ ।" वडा कार्यालय र जिल्ला प्रसासन कार्यालयको समन्वयमा गाउपालिकाले विस्थापित परिवारहरुलाई उद्दार पछी खानाको प्रवन्ध गर्दै आएको कुरा उपप्रमुख दिपेन्द्र थापाले बताएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |