जुरोपानी युवा समुहद्वारा नगद हस्तान्तरण
२ भदौ झापा । जुरोपानी का सकृय युवाहरुको जमात, जुरोपानी युवा समुहले गौरीगँजका वाढी पिडितहरुका लागि नगद सँकलन गरेको छ । समुहले सँकलन गरेको रकम रु १२ ।हजार २ सय ५ रुपैया हिजो विहिवार गौरीगँज गापाका प्रमुख बाबुराजा श्रेष्ठ र उप प्रमुख दिपेन्द्र थापालाई सँयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
समुहका सदस्य भुमी राजवँशीका अनुसार बाढीले विस्थापित भएका परिवारहरुको पुनरस्थापनामा थोरै भएपनि सहयोग पुगोस भनेर सो रकम गाउपालिकालाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण पछी प्रमुख श्रेष्ठले जुरोपानीका युवाहरुको सराहनिय कार्यको प्रशँसा गरेका छन् ।



