गायिका सरला राईको प्रेमको सागरमा, बि. सी. राई
गौरीगन्ज | नेपाली सांगीतीक बजारमा आफ्नो अलगै पहिचान स्थापित गरेकी गायिका सरला राईको वि.सं. २०५३ सालमा रेडियो नेपालबाट स्वर परिक्षण पास गरी नेपाली सांगीतीक यात्राको सुरु गरेकी हुन । पारस कुमारुङको संगीत र रमेश क्षितिजद्धारा कोरिएको "गौथलीको गुडै भत्क्यो, कहाँ होला बास" बोलको गीतबाट नेपाली गायन जगतमा पाईला टेकेकी गायिका राईले अहिले सम्म ३०० भन्दा बढी गीतहरुमा आफ्नो स्वर दिई सकेकी छिन ।
गायिका सरला राईको अति मिठो आवाजमा बिल्कुलै नौलो प्रयोग भएको गीतमा गायक बि. सी. राईले साथ् दिएको "प्रेमको सागरमा" बोलको गीतको म्युजिक भिडीयो बि सी म्युजिक क्रिएसन यु ट्युब च्यानल मार्फत सार्वजानिक भएको छ।
उक्त गीतमा बि. सी. राईको शब्द, संगीत संयोजन समेत रहेको गीत गायक बि. सी. राईको आफ्नै रेकर्डिङ स्टुडियो यु केमा रेकर्ड भएको हो भने यस म्युजिक भिडियोलाई छायांकन र निर्देशन स्वप्निल लिम्बुले गर्नु भएको छ ।
भिडियो हेर्नुहोस ।



