धर्मगुरु रामरहिम बलात्कारी ठहरिएपछि तनाव, २८ को मृत्यु (भिडियो सहित)

गौरीगन्ज | भारतका धर्मगुरु गुरुमित रामरहिम सिंहलाई विशेष अदालतले बलात्कार मुद्दामा दोषि ठहर गरेपछि हरियाणा, दिल्ली, पञ्जाव र उत्तर प्रदेशका विभिन्न ठाउँमा भड्किएको हिंसात्मक प्रदर्शनका क्रममा अहिलेसम्म २८ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुई सय ५० जना घाइते भएका छन् ।

प्रदर्शनकारीले सञ्चार माध्यमका प्रत्यक्ष प्रसारण गरिरहेका गाडीमा समेत तोडफोड र आगजनी गरेका छन् । हरियाणाको पञ्चुककुला र पञ्जाबको फिरोजपुर, धटिडा र मानसामा कर्फ्यू लगाइएको छ भने फतेहबाद, जयतो र फरिदकोटलाई रेड अलर्टमा राखिएको छ ।

हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका गुरुमित रामरहिम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजना गराएको आरोप लागेको थियो । पञ्चकुला विशेष अदालतले उनीलाई बलात्कार मुद्दामा दोषि ठहर गरेको हो । अदालतले सजाय भने आउँदो सोमबार सुनाउने छ । त्यतिञ्जेलसम्मका लागि उनलाई सैनिक हिरासतमा पठाइएको छ । राम रहीमलाई अदालतले दोषी ठहर गरे लगत्तै पञ्जाब र हरियाणामा हिंसा भडि्कएको छ ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |