धुर्मुस अचानक गौरीगँजमा झुल्किएपछी
मदन राजवँशी मनप्रीत
११ भदौ झापा । राष्ट्रिय हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस ) आईतबार साँझ अचानक झापाको सीमावर्ती बजार गौरीगँजमा देखा परे । आफ्नो नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि निकाल्न उनि ईलाका प्रसासन कार्यालय गौरीगँज आएका थिए । पुर्व सुचना बिनै उनि गौरीगँज पुगेपनि उनका प्रसँसकहरुले केहिबेर ईलाका प्रसासन कार्यालय भरिएको थियो ।
यिनको नागरिकता प्रमाण पत्कको प्रतिलिपिमा ईलाका प्रसासन कार्यालयका प्रमुख यज्ञ प्रसाद आचार्यले हस्ताक्षर गरेका छन् । नेपालका बहुचर्चित यि हास्य कलाकार धुर्मुस सुन्तली फाउण्डेसन मार्फत गरि रहेका सामाजिक गतिविधिका कारण अत्याधिक चर्चामा छन् । यिनी सुरुँगामा अपाँगहरुका लागि राहत लिएर हिजो झापा आई पुगेका थिए ।
भिडियो हेर्नुहोस ।



