शैक्षिक अन्तरकृया सम्पन्न
११ भदौ झापा । गौरीगँज श्रोत केन्द्र, सामुदायिक विद्यालय परिवार र प्याब्सनको आयोजनामा आज गौरीगँजमा अन्तरकृया सम्पन्न भएको छ । गौरीगँजका सामुदायिक तथा निजी विद्यालयहरुको अबस्था चुनौती र गुणस्तर बीरे अधिकाँश बक्ताहरुले प्रकाश पारेका थिए । झापाका सहायक जिशिअ युवराज पाण्डेको प्रमुख आतिथ्य र गोविन्द घिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सँचालन कमलेश्वर राजवँशीले गरेका थिए ।
कार्यक्रममा गौरीगँजका नव निर्वाचित पदाधिकारी तथा अन्य शैक्षिक ब्यक्तित्वहरुको सम्मान र शुभकामना आदान प्रदान समेत गरिएको थियो ।



