रिलिज अघि नै चर्चामा भिडियो (अडियो गीत सहित)
झापा | झापाबाट उदयमान मोडलका रुपमा सुधिर खनाल बाहिर आएका छन् । गायक प्रमोद खरेलको नयाँ गीत “तैं मोरीको माया छ” को पोष्टर रिलिज भए सँगै सो पोष्टर यतिबेला फेसबुकमा भाइरल हुँदै गइरहेको छ ।
पोष्टरमा मुख्य आकर्षण रहेको छ मोडल सुधिर खनालको दुधवाला गेटअपमा रहेका छन । प्रमोद खरेलकै झुमा झुम्कावली र मनको घाउ बोलको गतमा समेत अभिनय गरिसकेमा सुधिरले यो गीतमा मुख्य भुमिका निर्वाह गरेका छन् ।
यो पोष्टर अहिले सम्म धेरै पटक सेयर भइसकेका छन् । मोडल सुधिर खनालको फेसबुक वालमा यो पोष्टरको ट्यागले भरिएको छ । यहि गित मार्फत पुजा खड्काले म्युजिक भिडियोमा डेब्यु गरेकि हुन ।
उनी ब्याङलोरमा नर्सिङ अध्यायन गरि राखेकी छिन । उनी यो दुबै क्षेत्र लाई अघि बढाउने बताउछिन ।अबिनास थापा को शब्द रहेको उक्त गितमा चर्चित संगितकार आशिस अविरलले सगिंत भरेका हुन ।
युवराज वाइवाले निर्देशन गरेको उक्त भिडियो उत्सव दाहालले उत्कृष्ट ढङ्गबाट खिचेको पोस्टर बाटै अन्दाज गर्न सकिन्छ ।
अबको दुई दिनमै भिडियो युटुवमार्फत बजारमा आउने जानकारी हामिलाइ भिडियोका मोडल सुधिर खनालले जनाएका छन । मोडर सुधिर झापा पृथ्वीनगरका स्थानिय रहेका छन् यो सँगै उनी निजामती कर्मचारी समेत हुन ।
भिडियो हेर्नुहोस ।



