रियालिटी शो नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा

गौरीगन्ज | गायन प्रतियोगीताको सबैभन्दा ठूलो रियालिटी शो नेपाल आइडलमा ४ जना प्रतिस्पर्धी बाँकी रहेका छन । सागर आले, बुद्ध लामा, निशान भट्टराई र प्रताप दास आइडलका टप ४ प्रतिस्पर्धी हुन । यस मध्येबाट एक जना आउट हुने बित्तिकै टप ३ बाँकी रहने छन । टप ३ मा पुग्ने सबैले पुरस्कार पाउने छन । प्रथम हुनेले २० लाख रुपैयाँ सहित कार, दोस्रो हुनेले नगद १५ लाख र तेस्रो हुनेले नगद १० लाख रुपैयाँ पाउने शुक्रबारको कायक्रमा नेपाल आइडलका डाइरेक्टर लक्ष्मण पौड्यालले घोषणा गरे ।

नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा हुने भएको छ । कार्यक्रम तयारीको लागि नेपाल आइडलका डाइरेक्टर लक्ष्मण पौड्याल दोहा शनिबार उडिसकेका छन् । ग्रान्ड फिनाले २२ सेप्टेम्बर अर्थात असोज ६ गते कतारको राजधानी दोहास्थित एसियन टाउन एम्पिथियटर, ग्रायन्ड मल, सनायामा हुँदैछ । असोज ५ गते नेपालीको महान चाड दशैँको सुरु हुने दिन घटस्थापना हो । घटस्थापनाको भोलिपल्ट ग्रान्ड फिनाले हुनेछ र नेपालले पहिलो नेपाल आइडल पाउने छ ।

ग्रान्ड फिनालेमा नेपाल आइडलका टप १२ प्रतिस्पर्धीहरु सहभागी हुने छन । कार्यक्रममा अथितिहरु क्रमश ख्याती प्राप्त डान्सर तेरिया मगर, गायक हेमन्त राना, हास्य कलाकार केदार घिमिरे "माग्ने बूढा", गायक नारद खतिवडा, गायिका नलिना चित्रकारको साथमा नेपालबाट ८० जना भन्दा बढीको टोली कतार प्रस्थान गर्ने छन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |