बढ्दो मोह लिङ्गपहिचान प्रति
राम मायाको पालो अब"राम माया आईन"मैले यता सुत्नुस भने उनी सुतीन मैले पेटमाथीको कपडा सार्न भने भनीले लजाउदै सारीन मैले गफ गर्दै उनीको usg गरे उनि पहिलो पल्ट गर्भवती भएकि थिइन। उनको गर्भमा १७हप्ताको बच्चा हुर्कीदै थीयो। उनले मलाई" प्रश्न सोधीन" छोरा छोरी पनि छुटीन्छ हो?मैले भने छुटीदैन हामीत बच्चा कस्तो छ, कँहा बसेको छ, साल ठिक ठाँउमा छ की छैन,बच्चा एउटा छ की धेरै छन,बच्चा खेल्ने पानी कती छ त्यो मात्र थाहा पाउछौ। उनले भनीन हैन के रै छ जान्न मन लाग्यो। उनी रीपोट लीएर गइन
अर्को गर्भवती महिलाको पालो आयो उनलेनी सुत्न नपाउँदै मेरो छोरा छ की छोरी छ भनीदिनुन ल सिस्टर भनीन?म छक्क परे मलाई यो थाहा हुदैन त्यसकै लागी आउनु भएको हो भने उठ्नुस त्यो जाच यँहा हुदैन।
फेरी अर्कीको पालो आयो उनीलेनी बिस्तारै भनीन सिस्टर दुईटी छोरी छन यो चै छोरा छ रे?कँहाबाट थाहा भयो मैले सोधे?इटरीमा ६ हजार तिरेर हेर्न लगाएको छोरा छ भनेरै राखेको!
अर्की महीलाको पालो आयो उनलेनी भनीन मेरो चौथो बच्चाहो छोरा भए राख्ने नत्र फाल्ने।कती सजिलै भन्न सकेको है फाल्ने भन्न!के सिगान हो फाल्नलाई की खकार हो?
दिनमा २0-३0जना गर्भवती दिदिबहीनीहरु टाडा टाडा बाट आउनु हुन्छ usg सेवालिन त्यस मध्ये ९०%महिलाले यस्तै यस्तै प्रश्न गर्नु हुन्छ?
अहिलेका धेरै महिलालाई आफ्नो पेटमा छोरा छ की छोरी छ यो अगाडीनै जान्न मन छ।हाम्रो देशमा यो कानुनीरुपमा मान्य छैन रै पनि लुकीछीपी यस प्रकारका जाचहरु कताकता हुने गरेको सुन्नमा आउछ।मेरो बिचारमा आफ्नो पेटमा भएको सन्तान के छ थाहा पाउन इच्छा राख्नु राम्रो कुरा हो तर भुर्ण हत्या गर्ने किसीमले लिङ्गपहिचान गर्नुचै राम्रो हैन तर हाम्रो जस्तो देशमा अझैपनि लैंगिक बिभेद छ।अहीलेपनी मानीसहरु छोरी भन्दा छोराको चाहना गर्छन र लिङ्गपहिचान गरेर भुर्ण हत्या गर्ने गर्छन। लिङ्गपहिचान गरेर भुर्ण हत्या गर्नु एक अपराधहो।
पृतीसतात्मक देशहो हाम्रो। हाम्रा महीला दीदीबहीनीहरुनी बाध्य छन छोरा नपाउदा बुढाको माया नपाईने हो की? बुढाले अर्की ल्याइदिने हो की?सासु ससुरा बाट र समाजबाट पो अपहेलीत हुने होकी?यस्तै यस्तै कुराले उनीहरु बाध्य छन छोरो जन्माउन र कयौ पटक गर्भपतन गराउन।
नेपालमा महीला राष्ट्रपति, सभामुख छन खै त यस्तो कार्य गर्नेलाई खडा कानुन बनाएर कानुनी दायरामा ल्याउन सकेको र खैत समाजमा परिबर्तन ल्याउनको लागी ठोस कार्यक्रम ल्याएर गाउमा चेतनाको स्थर बढाउन सकेको?
यहा अर्को प्रश्न छ हाम्रै चिकित्सकहरुलाई "लिङ्गपहिचान गर्रेर कमाको पैसाले के तपाईहरुलाई सन्तुस्टी मिलेको छ?" अनी लिङ्गपहिचान गरेर भुर्ण हत्या गर्दा के तपाईलाई सनतुस्टी मिल्छ ?
"सोच बदलौ छोरा होस या छोरी दुइटै बनीने र नीस्केने प्रक्रिया त एउटै हो नी"?अनी किन त बिभेद? छोरीलाई पनि उचित शिक्षा दिक्क्षा दिएमा छोरी पनि छोरा भन्दा कम छैनन भन्ने उदाहरण त हामीले देखी सकेका छौ। यस्तो बिभेदकोलागी हामी सबै मिलेर लाग्न जरुरी छ।
लिङ्गपहिचान गरेर भुर्ण हत्या गर्ने प्रचलन दिनानु दिन बढेर गहीरहेको छ । यसका बिरुध्द सम्पूर्णन सरोकार राख्ने संघ संगठन एकजुट भएर र एउटा कार्यक्रम नै बनाएर लाग्नु पर्ने दिन आएको छ ताकी "#हाम्रो देश लैंगिक बीभेद मुक्त देश" भनेर घोषणा गर्न पाहीयोस र अन्य मुलुकहरुले पनी हामीबाट पाढ सिकुन।
#आमा चाहीने बुढी चाहीने तर छोरी नचाहने हाम्रो समाज#
#छोरी भएर जन्म लिएकोमा गर्ब गर्छु म#
देबी दंगाल
हाल: जिल्ला अस्पताल धनकुटा
नर्स



