गौरीगँज गापाको पहिलो वैठकले गर्यो चार महत्वपुर्ण निर्णय
मदन राजवँशी मनप्रीत, १९, साउन, झापा । गौरीगँज गाउपालिकाको आज वसेको दोश्रो वैठकले चारवटा महत्वपुर्ण निर्णयहरु गरेको छ । वैठकमा निकै लामो छलफल पछी सो निर्णयहरु गरेको हो । वैठकले कार्यविधि सँवन्धी निर्णय गर्दै गाउपालिका वैठक सँचालन कार्यविधि २०७४ र गाउसभा सँचालन कार्यविधि २०७४ पारित गरेको छ ।
वर्षाका कारण प्रत्येक वडाका सडकहरु जोखिमपुर्ण वन्दै गएपछि वैठकले प्रत्येक वडालाई सडक मर्मत सँभारका लागि गाउसभावाट अनुमोदन गर्ने गरी प्रत्येक वडालाई रु २ लाख पचास हजार दिने समेत निर्णय गरेको हो ।
हुलाकि राजमार्ग अन्तर्गत गाउपालिका लाई वडा नँ १ र २ सँग जोड्ने किस्नी खोला र कमल खोलामा पुल नवनिसकेकाले नदिहरुमा डुँगा सँचालनका लागि कार्तिकलाल राजवँशीको सँयोजकत्वमा तीन सदस्यीय डुँगा खरिद समिती समेत गठन गरेको छ । समितीमा उपसँयोजक अघनु राजवँशी र सदस्य रिता तामाङ रहेका छन् । त्यसैगरी आजको वैठकले राजस्व परामर्श समिती समेत गरेको छ । ६ सदस्यीय सो समितीमा उपप्रमुख दिपिन्द्र थापा, कार्यकारी प्रमुख सुरेन्द्र थापा मगर, ३ नँ का वडाध्यक्ष मखना महतो, वडा नँ,१ कि सदस्य रिता तामाङ , उध्योग वाणिज्य सँघ गौरीगँजका एक जना प्रतिनिधी सदस्य र राजस्व फाँट हेर्ने विरेन्द्र खड्का रहेका छन् ।
वैठक पछी खबर गौरीगँजसँग कुरा गर्दै प्रमुख बाबुराजा श्रेष्ठले साउन २७, गते गाउसभा वस्ने र त्यसपछीको वैठकले विकास सँवन्धी योजना तर्जुमा गर्ने प्रतिकृया दिएका छन् । वडा नँ ३ का वडाध्यक्ष मखना महतोले वैठक पछी सँक्षिप्त प्रतिकृया दिदै । आजको वैठकले वडाहरुका लागि छुट्याएको रकम वाटो मर्मत गर्न पर्याप्त नभएको र गाउसभा पछी वडाका सडक स्तरोन्नतीका लागि थप पहल गर्ने कुरा वताए ।



