काकडभिट्टाका विद्यार्थी द्वारा गौरीगँजका बाढी पिडीतलाई सहयोग
७ भदौ झापा । गौरीगँज गाउपालिकाका बाढी पिडितलाई काकडभिट्टा का विद्यार्थीहरुको समुह "हाम्रो नेपाल" द्वारा राहत सामग्री वितरण गरिएको छ । एक वाल्टीन एक परिवार अबधारणा अन्तर्गत समुहले गौरीगँज वडा नँ ४ का ६६ पुर्ण क्षति भएका परिवारलाई एक एक वाल्टिन राहत सामग्री बितरण गरेका छन् । बाल्टिन भित्र चिउरा चाउचाउ नुन तुथ पेष्ट सेनेटरी प्याड जीवनजल लगायतका सामग्री रहेको कुरा टोलीका सँयोजक सागरमणी दाहालले वताए ।
२६ जना को समुहमा आएको टोलीले गौरीगँजको वडा नँ ४ स्थित नया हाटमा पुगेर राहत वितरण गरेको थियो ।



