भिखारीको घरमा नगद तीन लाख

विराटनगर वडा नम्बर ७ स्थित हरियाली चौकको सिघिया खोलाको छेउमा बाढीले भत्काएको घरबाट ३ लाखभन्दा बढी नगद सुरक्षित रुपमा निकालिएको छ ।

निरन्तरको बर्षा र बाढीले वडा नम्बर ७ सिघिया खोलाको छेउमा रहेको महेश मण्डलको घर भत्काएको थियो । उक्त घर नेपाली सेना, जनपथ प्रहरी लगायतको टोलीले खन्दा ३ लाख १५ हजार नगद सुरक्षित साथ प्राप्त भएको हो । बाढी आएपछि घर भत्किदा घर भित्र रहेको पैसा समेत निकाल्न नभ्याएको घरधनी महेश मण्डलले बताउनुभयो । हप्ता दिनपछि घरमा खन्दा उक्त रकम फेला परेको हो ।

पैसा पानीले भिजाएको अवस्थामा भेट्टिएको छ । १ हजार दरका १ लाख ९ हजार र बाँकी ५ सय , १ सय लगायत दरका नोट रहेका छन । घरधनी महेश मण्डल भिखारी संघका मोरङ अध्यक्ष हुन् । शारीरिक रुपमा अशक्त रहेका मण्डलले मागेरै रकम जम्मा गरेको जानकारी दिनुभयो । श्रोत: कोशी खबर

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |