गायिका चन्दा देवनको गीतमा, आफ्नो चाहना खोज्दै एलिसा
गौरीगन्ज | गायिका चन्दा देवनको "अली अली" बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोक शैलीको उक्त भिडियोमा चर्चित मोडल एलिसा राईले आकर्षक नृत्य गरेकी छिन् ।
मन्त्र मुग्ध पार्ने किसिमको लयमा गाइएको उक्त गीतको भिडियोमा एउटी छोरीले आमासंग अभिव्यक्त गरेका भावनालाई नृत्यको माध्यमबाट सजीव ढंगले निर्देशकले भिडियोमा देखाउन खोजेका छन् ।
सचिन सिंहद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु चेतन बाराकोटीले रचना गरेका हुन भने म्युजिक भिडियोको निर्देशन युवा सञ्चारकर्मी विदुर खतिवडाले गरेका हुन् । सुदीप बरालको छायांकन तथा राजीव समरको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियो नगरकोटस्थित होटल क्लब हिमालयमा छायांकन गरिएको हो ।
भिडियो हेर्नुहोस ।



