नेपाल आइडल आयोजकको दिए सामाजिक संजालमा चेतावनी

गौरीगन्ज | गायन प्रतियोगीताको सबैभन्दा ठूलो रियालिटी शो ‘नेपाल आइडल’ प्रतियोगिता विभिन्न कारणले विवादित बन्दै गएको छ । यो एक विशुद्ध प्रतियोगिता भएकोले प्रतियोगीको गायन हेरेर दर्शकले दिने भोटको आधारमा नेपाल आइडल चुनिनेछ तर केही व्यक्तिले प्रतियोगितालाई प्रभावित हुने अभिव्यक्ति दिएको भन्दै नेपाल आइडलको आयोजकले आपत्ति जनाएको छ ।

यसमा जातिय र समुदायसंग जोडेर विभिन्न किसिमको अभिव्यक्ति सामाजिक सञ्जालमा देखिएकोले त्यसले गर्दा सम्बन्धित प्रतियोगी प्रतियोगिताबाटै बाहिरिनु पर्ने चेतावनी आयोजकले फेसबुकमाफर्त दिएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |