आत्महत्या गर्ने सोच !!!!!!! - अनिल सिंह

एक समयको चर्चित पप गायक अनिल सिंहले आफनो अधिकारिक फेसबुक मार्फत कहिले काही आफ्नो सृजना र अधिकारबाट टाढा राख्दा "आत्महत्या गर्ने सोच" यस्तो मर्म स्पर्शी स्टाटस पोस्ट गरेका हामीले जस्ताको त्यसतै यहा साभार गरेका छौ ।

एक चोटी मेरो आवाज सुनिदेउ

देशमा हजारौको सख्यामा एफएमहरु छन ।सयौको सख्यामा टेलिभिजनहरु पनि रहेका छन । आजको दिन सम्म एक सुका , एक ठेली पनि रोयल्टी पाएको छैन । एउटा ठुलो आश YouTube channel मा आफ्नै गीत राखेर कमाउने अवसर पाएको त्यो पनि CASE गरेर च्यानल बन्द गर्ने रे । Channel Suspense.

म यो जानकारी गराउन चाहान्छु कि मेरो शोर , मेरो संगीत , मेरो शब्द रहे मेरो गीत । मैले खर्च गरेर होस या कम्पनीले बनाएको भिडियो ,अडियो Indereni cassette centre, Music dot com, samjhana audio video, Reeyaz music सँग मात्र ५ बर्षको सम्झौता गरेको छु र त्यस पछी सबै मेरो अधिकार रहन्छ ।

त्यसैले YouTube channel मा राख्न पाउने मेरो हक र अधिकार हो । बहुमुल्य मधुर सम्झनाAlbumको एक पैसा नि पाछैन उल्टै सबै मैले खर्च गरेको ।भिडियो सबै मेरो हक हो, सम्झना बाहेक | लौ न हो !! Please please यो You tube channel को राम्रो जानकारी भएको व्यक्तिको आवश्यता परेको छ । कहिले सम्म यो अन्याय अत्याचार सहनु पर्ने । ज्यानै पो त जाने भो हजुर ।मलाई मेरो हक चाहियो ।मर्नु अघी देउन हजुर ! एफएम, टेलिभिजनको रोयल्टिले बिहानको छाक्क र YouTube ले बेलुकीको एक छाक्क खान पाउ । मात्र यही छ इछ्या ।

अझै पनि कलाकारहरु चुप चाप बस्ने हो भने यो देशमा आत्म हत्या गर्ने कलाकारको सख्या धेरै नै पुग्छ ।यो मेरो लागि मात्र होईन सबै कलाकारको भलाईको लागि । सायद यो पुरानो कलाकार सबैले झेली रहेको problem हुनुपर्छ । यो पहल दर्शक , श्रोताबाट, हजुरहरुको आवाजबाट हुन्छ|

एफएम टेलिभिजनलाई फोन गरेर सोध्नुस ! तपाईंले फर्माइस गर्नु भएको गीतले , तपाईंको प्यारो कलाकारले Royality पायो कि पाएन । दर्शक , श्रोता हजुरहरुले बोल्दे पुग्छ ।हजुरहरुले हेर्दे पुग्छ ।

Save ME ! Save US

Save NEPALI MUSIC

Source: Anil Singh Facebook

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |