गौरीगँजबाट काठ्माण्डौ तथा विदेश बस्ने निवासीले दियो बाढी प्रभावितलाई राहत
२०७४ भदौ २४, शनिबार | गौरीगँज गाऊपालिकाबाट काठ्माण्डौ तथा विदेश बस्ने निवासीहरूले गौरीगँज वडा नं ३ र ६ का ६८ परिवारलाई राहत सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । बाढी प्रभावितलाई राहत सामग्री उपलब्ध गराएको काठमाडौं तथा विदेश बस्ने निवासीहरूले आफ्नो तर्फबाट प्रत्येक बाढी प्रभावित परिवारलाई चामल, दाल, तेल, चिउरा, चिनी, भुजा, साबुन, ब्रस, टुथपेस्ट लगायत अति आवश्यकीय सामाग्री वितरण गरिएको थियो । यसैगरी यसमा जम्मा १७ किसिमको सामग्री उपलब्ध गराएको थियो।
काठमाडौं तथा विदेश मा बस्ने निवासीहरूले आफ्नो तर्फबाट जम्मा गरेको रकमबाट सामग्री खरिद गरिएको हो भन्ने भनाई रहेको तथा यसबाट हामी सबै एक जुट भएर गाउँ घरमा भएको क्ष्यती घटाउन सकिन्छ भन्ने कुरा पनि उल्लेख भएको छ। राहत सामग्री वितरणमा गरेका बिजय शर्मा ले जनाएका छ ।
राहत हस्तान्तरण कार्यक्रमा वडा नं ३ अध्यक्ष्य मखना महतोसहित सदस्य भबेष दास, गंगा राजवंशी, र वडा नं ६ मा शूशिला श्रेष्ठ, र दलित सदस्य मन्जु सुन्दासको सहभागिता थियो। राहत वितरणमा ईलाका प्रहरी कार्यालय र शसस्त्र प्रहरीको पनि सहभागिता थियो । गौरीया खोलामा आएको बाढीले गौरीगंज गाउँपालिकाका अधिकांश परिवार प्रभावित छन्।



