बलात्कारका आरोपि थुनामा

२० भदौ, गौरीगँज । आईतबार राति एक अपाङ्ग महिलालाई बलात्कार गरेको आरोपमा खजुरगाछीका ३० बर्षिय डम्बर सिबालाई ईलाका प्रहरी कार्यालय गौरीगँजले थुनामा राखि अनुसन्धान थालेको छ । आईतबार राती ९ बजेको समयमा मानसिक अबस्था कमजोर भएको र बोल्न नसक्ने एक अपाङ्ग महिलालाई आफ्नै पसल भित्र लगेर बलात्कार गरेको सिबा माथी आरोप छ ।

ईप्रका गौरीगँजका अनुसार पिडित महिलाको मेडीकल रिपोर्ट नआए सम्म अदालतबाट म्याद थप गरि आरोपिलाई थुनामै राखिने र रिपोर्ट आई सकेपछी कारवाही अगाडी बढाईने जानकारी दिएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |