सशस्त्र प्रहरीमा पच्चीस सय जनालाई रोजगारीको अबसर
गौरीगन्ज | सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले २ हजार ५ सय जनाका लागि रोजगारीको दरखास्त आब्हान गरेको छ ।
कार्यालयले जारी गरेको सुचना अनुसार सशस्त्र प्रहरी जवानमा २३०० जना , भान्छे का लागि १०५ जना , केश कर्तक (नाई) का लागि २५ जना , सुचिकार १५ जना , चर्मकर्मी २० जना र कुचिकार का लागि ३५ जना जनशक्ती माग गरिएको छ ।
ईच्छुक उम्मेद्वारले भदौ २८ गते भित्र नेपाल भरीका सशस्त्रका बाहिनी बा तालिम केन्द्रहरुबाट दरखास्त दिन सक्ने छन्



