स्वास्थ्य बीमा सँवन्धी अन्तरकृया सम्पन्न
१९ भदौ झापा । प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीले स्वास्थ्य बीमा सँवन्धी अन्तरकृया सम्पन्न गरेको छ । नेपाल सरकारले दोस्रो चरण अन्तर्गत स्वास्थ्य बीमा कार्यक्रम झापा जिल्लामापनि लागु गरेपछी सो सँबन्धी जानकारी दिन सो अन्तरकृया चलाईएको हो ।
रु २ हजार ५ सयमा ५ जना परिवारका सदस्यहरुको स्वास्थ्य बीमा गरे एक बर्ष भरी रु ५० हजार रुपैया बराबरको स्वास्थ्य उपचार गर्न पाउने गरि सरकारले यो योजना ल्याउन लागेको हो । आउदो असोजदेखि लागु हुने भनिएको सो बीमा सुविधा देशभरिका सबै सरकारी स्वास्थ्य केन्द्रहरु बाट प्राप्त गर्न सकिने छ । कार्यक्रमको सहजिकरण डा बादल कार्कीले गरेका थिए ।



