"यादहरु " - लक्ष्मी थापा

कति न्याना छन तिम्रा यादहरु

तिम्रै यादहरु सग पल पल जिन्दगी साटेकि छु

तिम्रै याद छन र त हेर म बाचेकि छु।

यसरि नै आइरहुन तिम्रा यादहरु

तिमी सग भन्दा तिम्रा यादसग बिताएका पल आर्थपुर्ण लाग्छ मलाई ।

अब तिम्रा यादहरुको

म सग परिचयको कुनै हिस्सा बाकी छैन ।

एउटा जुनलाइ वरिपरिबाट ताराहरुले घेरे जस्तै

गरि

एकान्तमा तिम्रा यादहरुले घेरिरहन्छन् मलाई

अनि त्यती बेला

सुर्यको त्यो उज्यालोपनी फिक्का लाग्छ मलाई ।

अलिकति फुर्सद निकालेर

तिम्रा यादहरु मुटुभरी सङ्गालेर

यसो पल्टेको बेला

निन्द्राले पनि बाहाना बनाइ पर भागिदियोस जस्तो लाग्छ मलाइ।

थाहा छैन के छ तिम्रा यादहरुमा!

त्यसैले त घडीको एक पल खेर नफाली तिम्रा यादहरु बटुलिरहन्छ यो मन

उसैले बटुलेका तिम्रा यादहरु बालेर

तिम्रै यादले कठाङृएको त्यै मन सेकिरहेछु।

प्रत्येक हिउद तिम्रै यादले यो मन सेक्दै बिताइरहेछु।

थाहा छैन तिम्रै यादले अझै कति हिउद बिताउनुछ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |