स्वास्थ्य विमा दर्ता सहयोगी को रिजल्ट गौरीगँज गापाद्वारा रद्द
१९ भदौ झापा । जनस्वास्थ्य कार्यालयको निर्देशनमा गौरीगँज वडा नँ ४ कदमगाछी स्थित स्वास्थ्य चौकिले स्वास्थ्य विमा दर्ता सहयोगि सँवन्धी टास गरेको विज्ञापन र त्यस पछी प्रकाशित गरेको रिजल्ट , नियम र प्रकृया सँगत नदेखिएकाले गौरीगँज गाउपालिकाले सो रिजल्ट रद्द गरि पुन: बिज्ञापन आब्हान गरि उम्मेद्वार छनौट गर्न निर्देशन जारि गरेको छ ।
सो पदका लागि भदौ ९ देखि १५ गते सम्म आबेदन दिने म्याद भए पनि म्याद गुज्रिने अन्तिम दिन १५ ।गते दिउसो २ ।बजे अन्तिम घडिमा सो बिज्ञापन टाँस गरेको थियो । सोहि दिनको मितीमा नै अर्थात भदौ १५ ।गते नै अन्तर्वार्ता लिई सोहि दिन कै मिती राखि चौकिले नतिजा प्रकाशित गरे पछी सो बिज्ञापन र नियुक्तीमा अनियमितता भएको "खबर गौरीगँज" ले आशँका गरेको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय ले पठाएको निर्देशिका अनुसार सो पदका लागि उम्मेदबार छनौट र नियुक्ती का लागि वडाध्यक्ष, वडा सचिब र सँवन्धित स्वास्थ्य केन्द्रका ईन्चार्ज सहित तिन सदस्यीय छनौट समितीले निर्णय गर्नु पर्नेमा वडाध्यक्ष र सचिबको उपस्थिती बिनै सो स्वास्थ्य चौकीका ईन्चार्ज दीपक न्यौपानेले वडा सदस्य लाई राखेर निर्णय तथा देवकुमार ताजपुरिया र चन्द्रकला राजवँशीलाई सो पदका लागि नियुक्त गरि नतिजा सार्वजनिक गरेको थियो ।
हतार मानसिकतामा प्रकाशित गरिएको सो नतिजामा शँका लागेपछी "खबर गौरीगँज" अनलाईनले स्थानिय युवाहरुको सकृयतामा गाउपालिकामा उजुरि दर्ता गराएको थियो । नियुक्ती प्रकृयाऩै नियमसँगत नदेखिएपछी गापा प्रमुख बाबुराजा श्रेष्ठले सो नतिजा रद्द गरि पुन अन्तर्वार्ता लिई नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
ईन्चार्ज दीपक न्यौपानेले भने छनौट गर्दा आफुले वडाध्यक्ष कुलप्रसाद गिरी र सचिब बिरेन्द्र खड्कालाई सँपर्क गर्न खोजेको तर सँपर्क नभएपछी आफुले सो निर्णय लिएको भनि आफ्नो बचाउ गरेका छन् ।