समातियो बैगुन्धुराको चितुवा ।
पुजन न्यौपाने कुँवर
भदौ १८ झापा । केहि दिन यता बैगुन्धुरा र आसपासका क्षेत्रमा देखा पर्दै आएको चितुवा स्थानिय को सहयोगमा समातिएको छ । बिगत केहि समय देखि सो क्षेत्रमा डुलि रहेको सो चितुवाले स्थानियहरुका खसी वाख्रा लगायतका चौपायाहरु खान थालेपछी स्थानियहरु आतँकित वनेका थिए ।
सो चितुवाले बैगुन्धुरा र आसपासका क्षेत्रमा आतँक मच्चाउन थालेपछी गत मँगलवार सशस्त्र प्रहरी र स्थानियले फलामे पिँजडा बनाएर पासो थापेका थिए । गौरादह ९ ग्वालमुनी भन्ने ठाउमा आज सो चितुवा पिँजडामा परेको हो ।
सो क्षेत्रमा अझ दुई वटा चितुवा हुन सक्ने शँका गरिएको छ । समातिएको चितुवालाई बन कार्यालयको जिम्मा लगाउने तयारी गरिएको छ ।



