रुपक श्रेष्ठले जीते एक किलो चाँदी
१६ भदौ झापा । कान्तिपुर दैनिकको ग्राहक योजना "कान्तिपुर स्वर्णपुर" अन्तर्गत गौरीगँजका पुराना स्टेशनरी ब्यावशायी रुपक श्रेष्ठले एक किलो चादी जितेका छन् ।
कान्तिपुर दैनिकले आफ्ना बार्षिक ग्राहकहरुलाई यस स्वर्णपुर योजना अन्तर्गत लक्की ड्र मार्फत साप्ताहिक रुपमा उपहार दिदै आएको छ । गत सोमबार दैनिकले खेलाएको साप्ताहिक चिट्ठा मा श्रेष्ठलाई सो उपहार परेको हो ।
आफुलाई १ ।किलो चादी परेपछी उनले प्रतिकृया दिदै - कान्तिपुरको उपहार पर्दा आफु अत्यन्तै खुशी भएको र सो चिट्ठामा दैनिकले मोफसलका ग्राहकलाई पनि कुनै भेदभाब नगरेको कुरामा बिश्वस्त भएको बताएका छन् ।



