सिटामोल सम्म छैन गौरीगँजको स्वास्थ्य केन्द्रमा
मदन राजवँशी मनप्रीत ।
गौरीगँज | त्यसो त गौरीगँज गाउपालिका झापाकै एक सुगम तथा पुरानो बजारका रुपमा चिनिन्छ । तर तराईको सुगम भएर पनि यहाको स्वास्थ्य केन्द्रमा सिटामोल, ब्रुफिन, बेटाडिन जस्ता सामान्य खालका औषधि पनि उपलब्ध छैन भन्दा धेरैलाई उदेक लाग्न सक्छ ।
बाढि पहिरोको समस्याबाट थोरै भएपनि तग्रिदै आएको गौरीगँजबासीले अहिले दसैको मुखमा आएर प्राथमिक स्वास्थ्य केन्द्रबाट औषधि नपाएको गुनासो गर्न थालेका छन् ।
केन्द्रमा सिटामोल , ब्रुफिन जस्ता अति सामान्य औषधीहरु समेत नहुदा आईतबार र सोमबार बिरामीहरु रित्तो हात फर्किन बाध्य भएका छन् ।
केन्द्रमा करिब दुई हप्तादेखि सिटामोल, बि कम्प्लेक्स, बेटाडिन, पेन किलर, एन्टोबायोटीक तथा एन्टी एलर्जी लगागतका औषधिहरुको अभाब रहेको कुरा प्रास्वाके का अहेब बिजय कुमार मेहेताले खबर गौरीगँजलाई बताएका छन् ।
दुई हप्तादेखि नै औषधीको अभाब रहेपनि औषधि आपुर्तिका लागि कुनै पहल नभएकोमा दुखेसो पोख्दै स्थानिय रुपक श्रेष्ठले यो चरम लापरबाहीको उदाहरण भएको कुरा बताए ।
प्रास्वाके गौरीगँजका ईन्चार्ज डा बादल कार्की का अनुसार केन्द्रमा औषधीको अभाब देखिएपछी आपुर्तिका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा समन्वय भई रहेको र यसकालागि मँगलबार पत्राचार समेत गरिने जानकारी दिएका छन् ।
त्यसो त जिल्ला जनस्वास्थ्य कार्यालय आफै बिघटन को सँघारमा छ । औषधी आपुर्तिदेखि लिएर स्वास्थ्यकर्मीबरुलाई तलब समेत खुवाउने जिम्मा स्थानिय तहलाई दिन लागिएको अबस्थामा गौरीगँज गाउपालिकामा गाउसभा समेत चल्न नसक्नुले थप समस्या निम्तिएको देखिन्छ ।
गौरीगँज गापाका स्वास्थ्य प्रमुख महेश कार्कीले जिल्ला बाट स्थानिय तहमा अधिकार प्रत्यायोजनको स्पस्ट खाका र निती न वनिसकेकोले यो समस्या आएको प्रतिकृया दिए ।



