एलिसा राई र पुष्पल खड्का वैवाहिक जीवनमा बाँधिए

गौरीगन्ज | नेपाली चर्चित मोडल एलिसा राई र पुष्पल खड्का वैवाहिक जीवनमा बाँधिएको भिडियो सार्वजनिक भएको छ । तर यो मोडलद्धयको बास्तविक जिन्दगीमा नभई एउटा गीतको म्यूजिक भिडियोमा यी दुईलाई बैवाहिक जोडीको रुपमा प्रस्तुत गरीएको हो ।

समन अधिकारीले निर्देशन गरेको ‘सायद मलाई’ बोलको गीतको म्यूजिक भिडियोमा पुष्पल र एलिसाको जोडी रोमान्टिक मूडमा देखाईएको छ । यस गीतमा राज सिग्देल र देसु गोलेको आवाज, देसुकै शब्द, अर्जुन पोखरेलको संगीत । शिवराम श्रेष्ठले खिचेको यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |